नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा माघ मसान्तसम्ममा १० अर्ब ५० करोड अमेरिकी डलर कायम भएको छ । जुन १० दशमलव दुई प्रतिशतले वृद्धि हो ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रू १२ खर्ब २८ अर्ब पाँच करोड रहेको छ । त्यस्तै, राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रू एक खर्ब ५५ अर्ब २८ करोड बराबर रहेको छ ।
माघ मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ४ प्रतिशत छ ।
आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० दशमलव आठ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै, यो मुद्रा सञ्चितिले नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।
माघ मसान्तसम्ममा कायम रहेको विदेशी विनिमय सञ्चिति नेपालको कूल गार्हस्थ्य उत्पादनको अनुपातमा २८ दशमलव पाँच प्रतिशत बराबर हो ।