Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्रपति पौडेलको पहिलो काम: गैरआवासीय नेपाली राजदूत नियुक्त- Brighter Khabar

काठमाडौं, फागुन २९ गते । नवनिर्वाचित  राष्ट्रपति रामचन्द्र पौडेलले मारोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले सोमबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासी राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’’

सम्माननीय राष्ट्रपति पौडेलको आँफु राष्ट्रपतिमा निर्वाचित भएपश्चात  सार्वजनिकरुपमा आएको यो पहिलो काम हो 


Top Post Ad

post bottom ads

Ads Bottom