Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा चोरी भएको मोटरसाइकल झाडीमा नम्बर प्लेट कोतारिएको अवस्थामा भेटिएपछि - Brighter Khabar

सम्बन्धित धनीलाई मोटरसाइकल हस्तान्तरण गर्दै प्रहरी 


पोखरा , २ चैत । 

पोखरामा  चोरी भई हराएको सवारी साधन शङ्कास्पद अवस्थामा फेला पारी प्रहरीले  सम्बन्धित धनीलाई  बुझाइएको छ  । आज  बिहीबारका दिन जिल्ला ट्राफिक कार्यालय कास्कीले ग१८प ८६१७ नम्बरको मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाएको छ ।

प्रहरीले  उक्त मोटरसाइकल पोखरा महानगरपालिका वडा नम्बर ०९ शिव टोलमा शङ्कास्पद अवस्थामा फेला पारेको थियो ।  

झाडीमा प्लेट नम्बर कोतारेको अवस्थामा  फेला पारेको उक्त मोटरसाइकल शङ्का लागेपछि प्रहरीले अनुसन्धान थालेको थियो   ।  

उक्त मोटरसाइकल  सडक खण्डमा पार्किङ गरी राखेको अवस्थामा  फाल्गुन ३० हराएको थियो ।  



Top Post Ad

post bottom ads

Ads Bottom