Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज बिहानै पाल्पामा भएको टिपर दुर्घटनामा १ जनाको ज्यान गयो , १ घाइते - Brighter Khabar

 

सांकेतिक तस्विर 


पाल्पा, २८ फागुन । पाल्पामा टिपर  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

आज बिहान झडेवा रहबास सडक खण्डको गोठादी रहबासस्थित पाल्पा चुनढुङ्गा खानीमा जाँदै गरेको लु २ ख ११९६ नम्बरको खाली टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । 

टिपर  सडकदेखि ४० मिटर तल खसेर दुर्घटना हुँदा रुपन्देहीको तिलोत्तमा ११ बस्ने टिपर चालक ४० वर्षीय विष्णु गुरुङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परी टिपरमा सवार माथा गढी गाउँपालिका वडा नम्बर ७ झडेवाका ५० वर्षीय हुम बहादुर परियार घाइते भएको खबर प्राप्त भएको छ  । 

घाइते परियारलाई उपचारका लागि सदरमुकाम तानसेन पुर्‍याइएको खबर  छ । 

Top Post Ad

post bottom ads

Ads Bottom