Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गयो - Brighter Khabar


पोखरा , चैत ३ गते । पोखरामा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । 

पोखरा महानगरपालिका– वडा नम्बर ४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नम्बरको बसले  ग९प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक दीक्षा कार्कीको ज्यान गएको हो ।

बसले ठक्कर दिएपछि गम्भीर  घाइते भएकी दीक्षालाइ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको भए पनि पुर्याउनु अगावै उनको ज्यान गएको थियो  ।

प्रहरीले  बस चालक सागर क्षेत्रीलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ  ।

झापा दमक घर भएकी दीक्षा आफ्नो कामको सिलसिलामा पोखरा बस्दै आइरहेकी थिइन् ।

Top Post Ad

post bottom ads

Ads Bottom