Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रापाकोट कालिका युवा क्लबद्वारा आयोजित चैते दशै विशेष भलिबल खेल उद्घाटन -Brighter Khabar


स्याङ्जा , १६ चैत्र ।

श्री कालिका युवा क्लब अर्जुनचौपारि गाउँपालिका ४ रापाकोट द्वारा रामनवमि अर्थात् चैते दशैको अवसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन अर्जुनचौपारि गाउँपालिकाका अध्यक्ष श्री प्रकाश तिवारी ज्युले गर्नुभएको छ।

भलिबल प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका प्रमुख तिवारीले  राष्ट्रका लागि खेल,स्वास्थ्यका लागि खेल मात्रै नभएर समाजका लागि समेत खेलको महत्त्व रहेको बताउनुभयो । उहाँले,‘खेलकुदले कुनै पनि व्यक्तिलाई अनुशासित बनाउँछ स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म पुग्न खेलाडी लाई पालिकाले सहयोग गर्ने पनि बताउनुभयो ।

अर्जुनचौपारि गाउँपालिका उपाध्यक्ष  सपना गुरुङले  खेलकुदका क्षेत्रमा हाम्रा पालिका भित्रका युवाहरूको राम्रो प्रस्तुति रहेको बताउनुभएको छ।खेलाडीका कारण नेपाल विश्व जगत्मा चिनिन थालेको पनि गुरुङले बताउनुभयो ।

विशिष्ट अतिथि अर्जुनचौपारि गाउँपालिका वडा न१ का वडा अध्यक्ष रणबहादुर थापाले खेलाडीले अनुशासनको पालना गर्दै हार स्विकार्न पनि पनि तयार हुने तथा खेल क्षेत्रमा आफूले जस्तोसुकै सहयोग गर्ने पनि बताउनुभएको छ।

आगामी २०गतेसम्म हुने सो प्रतियोगितामा पुरुष खेलाडी सहभागी छन् । रापाकोट स्थित कालिका मन्दिर प्राङ्गणमा खेल सुरु भएको प्रतियोगितामा स्याङ्जा र पर्वत गरी १५ टिमको सहभागिता रहेको  जनाएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ७१ हजार,द्वितीयलाई ५१ हजार तृतीय  हुनेले ३१ हजार र सान्त्वना हुने ले ११ हजार पुरस्कार घोषणा गरिएको छ भने उत्कृष्ट खेलाडीलाई  उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट रेजरलाई विभिन्न पुरस्कार घोषणा गरिएको क्लबका अध्यक्ष मकन गुरुङले  जानकारी दिनुभएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom