एजेन्सी, श्रीलङ्कामा आज मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य ८ देखि २६ प्रतिशतसम्मले घटाइएको छ ।
यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर ६०, डिजेलमा ८० र मट्टितेलमा १० रुपैयाँले घट्ने भएको हो ।
मूल्य घटे सँगै उपभोक्ताले एक लिटर पेट्रोल ३ सय ४०, डिजेल ३ सय २५ र मट्टितेल २ सय ९५ रुपैयाँमा पाउने छन् ।
साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ हुँदै गएको छ । श्रीलङ्कामा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो ।