Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ढुङ्गाले हानेर युवकको हत्या गर्ने ३ जना पक्राउ - Brighter Khabar


बुटवल , २५ फाल्गुन ।  ढुङ्गाले हानेर युवाको हत्या गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

रुपन्देहीको सैनामैना नगरपालिकामा गएको  मङ्गलवार राति परिचय नखुलेका एक  युवाको हत्यामा संलग्न तीन युवालाई प्रहरीले  पक्राउ गरेको हो । 

ढुङ्गाले हानेर  युवकको हत्या गरी सैनामैनाका  विभिन्न स्थानमा लुकिरहेका  उनीहरूलाई  प्रहरीले नियन्त्रणमा  लिएर बिहीबार सार्वजनिक गरेको हो  ।


प्रहरीका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका–२ बस्ने शिशिर थारु, अघाँखाची घर भएर सैनामैना–२ बस्ने ध्रुव बिसी र नवलपरासी बर्दघाटका  शेरबहादुर बोहरा रहेका छन् ।  


म्याद थप गरेर  उनीहरूमाथि थप  अनुसन्धान थालिएको  जिल्ला  प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom