Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भित्री वस्त्रमा लागूपदार्थ लुकाएर हिँडेकी महिला प्रहरीको नियन्त्रणमा - Brighter Khabar

लागू औषधसहित पक्राउ परेकी मञ्जु चापागाईंलाई सार्वजनिक गर्दै प्रहरी ।
फागुन २७ गते। आँफुले लगाएको भित्री वस्त्रमा लागू औषध लुकाउने एक महिला पक्राउ परेकी छन्  । 

झापाको बिर्तामोड नगरपालिका- १ स्थित हनुमानगरमा बस्ने ३४ वर्षीय मञ्जु चापागाईँलाई भित्री वस्त्रमा लुकाएको १९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मेची पुलमा तैनाथ सशस्त्र प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा लागू औषध फेला पारेको हो। शुक्रवार बिहान साढे १० बजेको समयमा प्र-१-०१-०१३ नम्बरको स्कुटर चढेर भारतबाट नेपालतर्फ आइरहेकी चापागाईँलाई प्रहरीले पक्राउ गरेको थियो  । 

प्रहरीले उनीबाट ब्राउन सुगर सँगै  नेपाली पाँच हजार ७५ रुपैयाँ र ७ सय ९९ भारतीय रुपैयाँसहित पक्राउ गरेको छ ।

चापागाईँलाई  नियन्त्रणमै राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom