Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एलपी ग्यासको खपत सात प्रतिशतले घट्यो - Brighter Khabar


फाल्गुन २१ , 

नेपाल आयल निगमका अनुसार चालू आर्थिक वर्षको सात महिना (साउन–माघ)सम्ममा खाना पकाउने ग्यासको खपत दुई लाख ९६ हजार ५१ मेट्रिक टन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन लाख १८ हजार ४०१ मेट्रिक टन ग्यास खपत भएको थियो । खाना पकाउने ग्यासको खपतमा ७ प्रतिशतले कमी आएको हो ।

सामान्यतः वार्षिक रूपमा ग्यासको खपत बढ्दै जाने गरेकामा यस वर्ष भने खपत घटेको हो । निगमका एलपी ग्यास विभाग प्रमुख नेत्रप्रसाद काफ्लेले भन्नुभयो, “चालू आर्थिक वर्षको सुरुदेखि नै ग्यासको खपत घटबढ भइरहेको छ, इन्डक्सनको प्रयोग बढेर पनि ग्यासको माग कम भएको हुन सक्छ । मुलुकमा देखिएको आर्थिक गतिविधिको सुस्तताका कारण माग कम हुँदा समग्र ग्यासको खपतमा कमी आएको हुन सक्ने देखिन्छ ।” 

विगतमा खाना पकाउने ग्यासको खपत वार्षिक रूपमा १० देखि १५ प्रतिशतले हुने गरेको उहाँले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको सात महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधि (साउन–माघ)सम्ममा खाना पकाउने ग्यासको खपत ७ प्रतिशतले घटेको छ ।

चालू आर्थिक वर्षको सुरुदेखि नै ग्यासको खपत घटबढ भएको छ । निगमका अनुसार २०२२ को अगस्ट (साउन) महिनामा ३८ हजार ८६९ मेट्रिक टन, सेप्टेम्बरमा ३९ हजार ६२८ मेट्रिक टन, अक्टोबरमा ४२ हजार ६०६ मेट्रिक टन, नोभेम्बरमा ४१ हजार २६७ मेट्रिक टन र डिसेम्बर महिनामा ४४ हजार ७७ मेट्रिक टन खपत भएको छ । २०२३ को जनवरी महिनामा आएर खपत बढेर ४४ हजार २५० मेट्रिक टन पुगेकामा फेबु्रअरीमा खपत घटेर ४२ हजार ३४९ मेट्रिक टनमा झरेको निगमको तथ्याङ्क छ ।  


डिजेल २७ प्रतिशतले घट्यो

बजारमा डिजेल खपत पनि घटेको छ । आर्थिक गतिविधि न्यून भई विकास निर्माणका काम सुस्त हुँदा डिजेल खपतमा कमी आएको हो । निगमका अनुसार गत आर्थिक वर्षको सात महिनामा नौ लाख ६० हजार ५३६ किलोलिटर डिजेल खपत भएकामा आव २०७९/८० को सोही अवधिमा खपत घटेर छ लाख ९६ हजार ११ किलोलिटरमा झरेको छ । अघिल्लो वर्षको तुलनामा डिजेल खपत २७ प्रतिशतले कमी हो ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कुशकुमार मल्लीले गार्हस्थ्य उपभोग र आर्थिक गतिविधि कम हुँदा औद्योगिक प्रयोग कम भएकाले खाना पकाउने ग्यासको माग र खपत कमी आएको बताउनुुभयो । 

मुुलकमा देखा परेको आर्थिक असहज परिस्थितिका कारण होटल, रेस्टुरेन्ट, उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नहुँदा ग्यासको खपतमा कमी आएको उहाँको भनाइ छ । विशेष गरी ग्यासको प्रयोग सिसा उद्योग, छड र फलाम उद्योगमा प्रयोग हुने गर्छ । यी उद्योगमा फर्नेस आयलको प्रयोग हुने गरेकामा फर्नेस आयल महँगो हुँदा ग्यासको प्रयोग हुने गर्छ ।

३० प्रतिशत ग्यास  घरायसी प्रयोजन र ७० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गरेको खबर गोरखापत्रमा छ । 

Top Post Ad

post bottom ads

Ads Bottom