Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अझै भेटिएनन पोखराबाट एक हप्ता अगाडिदेखि हराएका मनिष - Brighter Khabar


पोखरा, २० फाल्गुन । पोखरा महानगरपालिका वडा नम्बर २६ आयुर्वेदिक मार्ग बस्ने मनिष एक हप्ता भन्दा अगाडिदेखि घर नफर्किंदा परिवार चिन्तित बनेको छ । 
यहि फाल्गुन १३ गते देखि परिवारको सम्पर्कमा नआएका १३ बर्षिय मनिष शर्मा ८ दिन काटिसक्दा पनि घर नफर्किंदा परिवार चिन्तित बनेको हो ।  

आफ्ना आफन्तजन र प्रहरीमा उजुरी दिएपनि आज सम्म आफ्नो छोरा सम्पर्कमा नआउँदा चिन्ता थपिँदै गएको मनिषको परिवार बताउँछ  ।

यता कहीं कतै सुइँको नपाएपछी प्रहरीले बालकको हुलिया सार्वजनिक गर्दै खोजीका लागि सार्वजनिक आह्वान गरेको छ  ।

५.६ फिट उचाई रहेका  बालक गहुँ गोरो ,पातलो शरीर , बायाँ गाला फुलेको ,कालो/छोटो कपाल रहेको साथै उनले   हरियो टिसर्ट , खरानी रङ्गको ट्रयाक र निलो चप्पल लगाएको अवस्थामा हराएको उनको परिवारले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom