प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहीबार र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग शुक्रबार छुट्टाछुटै छलफल गर्दै मन्त्रिपरिषद् बिस्तार छिटो गर्नुपर्ने वताउनु भएको छ ।
प्रधानमन्त्रीलाई चैत ६ मा विश्वासको मत दिएका सबैजसो दल सरकारमा जाने तरखर गर्दैछन् । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा मात्रै सरकारमा नजानेमा छ । सत्ता गठबन्धन दलहरु सरकार विस्तारको गृह कार्यमा जुटेपनि ठोस सहमतिमा पुग्न सकेका छैनन् ।
गठबन्धन दलवीच कुन दलले कति र कुन कुन मन्त्रालय लिने भन्ने बाँडफाँटको टुङ्गो लगाउन नसक्दा सरकार विस्तारमा अलमल भएको छ । विहिवार सत्ता गठबन्धनदलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा वसेपनि मन्त्रालय बाँडफाडको टुङ्गो लाग्न सकेन ।
चैत ६ गते विश्वासको मत लिनुभएका प्रधानमन्त्री प्रचण्डले हप्तादिन भित्रै सरकारलाई पूर्णता दिने वताउनु भएको छ । एमाले, रास्वपा र राप्रपाले सरकारबाट बाहिरिएपछि १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिनु भएको छ ।
प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर प्रचण्डले चाँडै सरकारलाई पूर्णता दिने तयारी गरेपनि दलले पाउने मन्त्रालयको संख्या र मन्त्रालय टुङ्गो लाग्न नसक्दा अझै केहिदिन छलफलमै वित्ने देखिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिएका छन् । दाहाल नेतृत्वको अहिलेको सरकारमा माओवादी र जनमत पार्टी मात्रै छन् ।
नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीलगायत मन्त्रिपरिषदमा सहभागी हुन तयार छन् ।