Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मापदण्ड विपरीत तेल बिक्रि गर्ने लम्साल आयल सप्लायर्स शिल - Brighter khabar


बुटवल उपमहानगरपालिका  वडा नम्बर १२ मा अवस्थित लम्साल आयल सप्लायर्सले मापदण्ड विपरीत तेल बिक्रि गरेको पाएपछि गुणस्तर नापतौल कार्यालय बुटवलले उक्त सप्लायर्सलाई  शिल गरिदिएको छ ।
उक्त पम्प संचालक पशुपति लम्साललाई ३ दिनभित्र नापतौलको कार्यालयमा उपस्थित हुन समेत अल्टिमेटम दिइएको नापतौल कार्यालय बुटवलले जनाएको छ  ।

जिल्ला अनुगमन समितिले यो संगै जिल्लाका लुम्बिनी डिजिटल सेन्टर,  एस के डिजिटल सेन्टर, भुसाल डिजल्स, गैरे टायर एण्ड ओइल डिस्ट्रिब्यूटर लगायतमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा समितिले बिक्रि गरिने तेलको परिणाम, मेसिनको अवस्था लगायतका कुराहरुको जाँच गरेको थियो ।

तेलको मात्र कम गरेर बेचेको पाइएमा ३ देखि ५ लाख सँगै ३ बर्ष कैद हुनसक्ने व्यवस्था छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom