Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

संगम साकोसद्वारा खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न- Brighter Khabar


पोखरा , २० फाल्गुन ।  आज  शनिबार पोखरामा अवस्थित  संगम बचत तथा ऋण  शहकारी सँस्था लिमिटेडले  खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

पोखरा १५ को आफ्नै कार्यालयको प्राङ्गणमा संगमले संस्थाका उपाध्यक्ष बुद्धिमान थापाको अध्यक्षता र  शेयर सदस्य एवं गण्डकी मेडिकल कलेज पोखराकी बालरोग बिशेषज्ञ सह प्रा. डा. नम्रता के.सी. थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो । 

प्रादेशिक रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरुबाट ३० युनिट  रगत संकलन भएको शहकारीले जनाएको छ  । 

त्यसैगरी पोखरा-१० स्थित ग्यालेक्सी हस्पिटलको सहकार्यमा स्वास्थ्य परिक्षण अन्तर्गत निःशुल्क  सुगर, प्रेसरको जाँच सहित अन्य स्वास्थ्य परिक्षणबाट शेयर सदस्य र वडाबासी गरि ७१ जना लाभान्वित भएका छन्  ।  

त्यस्तै सो कार्यक्रममा  कार्यक्रमका अध्यक्ष  बुद्धिमान थापा, प्रमुख अतिथि सह प्रा.डा.  नम्रता के.सी., संचालक समिति सदस्य भुपेन्द्र गौचन, लेखा सुपरिवेक्षण समिति संयोजक भोविन्द्र  गिरी, शिक्षा,तालिम तथा सुचना उप-समिति सदस्य सरस्वती अधिकारी, वरिष्ठ व्यवस्थापक बृहस्पति अधिकारी लगायतले बोल्नु भएको थियो ।

शिक्षा, तालिम तथा सुचना उप-समिति सदस्य श्री तुल बहादुर गुरूङको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रमको संचालन तिलक थापाले गर्नुभएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom