Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रोचक खबर : महिनाको लाखौँ गाँजा खाएर कमाउने यी युवती - Brighter Khabar

सांकेतिक तस्विर 


एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी सावकी नामकी एक युवती एक दिनमा २० पटक भन्दा बढी गाँजा सेवन गर्छिन् ।

उनले धुम्रपानबाटनै महिनाको ६४ लाख रुपैयाँ समेत कमाउने गरेको दावी गरेकी छिन् । ३१ वर्षीया सावकीको लागि यहाँ सम्मको यात्रा निकै उतार –चढावले भरिएको थियो । सुरुमा त उनी डिप्रेसनको सिकार भइन् । 

तर, अहिले उनी सामाजिक सञ्जाल प्लेटफर्म र प्रायोजित पोस्टहरू मार्फत धेरै पैसा कमाईरहेकी छिन् । उनले गाँजा प्रतिको प्रेम देखाउँदा निश्चित प्रकारको पोशाक लगाउँछिन् । 

सावकीले महिनाको लाखौँ रुपैयाँ अनलाइन सदस्यतामा आधारित बेबसाइटबाट कमाउँछिन् । अमेरिकाको क्यालिफोर्नियामा गाँजालाई वैध गरिएको छ । तर, गाँजा सेवन गर्नका लागि गाँजा सेवन गर्ने व्यक्तिको उमेर कम्तिमा २१ वर्ष भएको हुनुपर्छ । 

सावकी आफूलाई ‘पहिलो भाङ् सेक्स आइकन’(क्यानाबिश सेक्स आइकन) भनेर बर्णन गर्छिन् । उनी अहिले सामाजिक सञ्जाल स्टार बनेकी छिन् । यसअघि उनले आफ्नो मानसिक स्वास्थ्यलाई लिएर धेरै संघर्ष गरेकी थिइन् । उनको आर्थिक अवस्था त्यो समय निकै नाजुक थियो ।

सन् २०२० लाई सम्झदै सावकी भन्छिन् –‘म डिप्रेसनमा थिए । मैले जीवनमा कुन दिशामा अघि बढ्नुपर्छ बुझ्न सकिँन । आफूलाई शान्त पार्न मैले सामाजिक सञ्जाल प्रयोग गर्ने निर्णय गरे । त्यसैले मैले आईजी मोडल (इन्टाग्राम मोडल) बन्ने निर्णय गरे’ । सावकीको यो निर्णय उनका लागि निकै लाभदायक साबित भयो । अहिले उनलाई इन्टाग्राममा ३ लाख भन्दा बढीले फलो गरेका छन् । त्यस्तै ट्वीटरमा करिब २६ हजार मानिसले फलो गरेका छन् ।

सावकी भन्छिन् –‘म डिप्रेसनबाट बाहिर आए । किनकी मलाई लाग्छ मेरो जीवनको एउटा उद्देश्य छ । मैले आफै भित्र आईजी मोडल बन्ने जोश सिर्जना गरे र यो मेरा लागि अहिले धरै विशेष बनेको छ’ । 

अमेरिकाको क्यालिफोर्नियामा गाँजालाई वैध बनाइएका कारण सावकी सफल भएकी हुन् । सावकीले गाँजाको आफ्नै ब्रान्ड पनि सुरु गरिसकेकी छिन् । उनी आफ्नो उत्पादनलाई सफा राम्रोसँग विकसित भएको र त्यसले हानी नगर्ने बताउछिन् । 

उनी कच्चा रोलिङ पेपर्सको ब्रान्ड एम्बेसडर पनि हुन् ।

Top Post Ad

post bottom ads

Ads Bottom