Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अक्षरयात्राको १९६औं श्रृंखला पृथ्वीनारायण क्याम्पसमा सम्पन्न- Brighter Khabar

गोपाल खनाल ,

पाेखरा फागुन-२०

अक्षरयात्राको १९६औं श्रृंखला पृथ्वीनारायण क्याम्पस परिसरमा शनिबार सम्पन्न भएको छ।

“ जीवन र जगतको यथार्थबाेधका लागि अक्षरयात्रा ” भन्ने मूल मन्त्र  बोकेर गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरद्वारा सञ्चालन गरिएको साहित्यिक कार्यक्रम “अक्षरयात्रा”को १९६औं श्रृंखला पृथ्वीनारायण क्याम्पसको नेपाली विभागको सभाक़क्षमा सम्पन्न भएकाे हाे ।

गजलसन्ध्याका अध्यक्ष वसन्त विनोद तथा पृथ्वीनारायण क्याम्पस नेपाली विभागाध्यक्ष प्रा.डा. कुसुमाकर न्यौपानेको संयुक्त सभानायकत्वमा भएको थियोे । उक्त  कार्यक्रममा अक्षर यात्राका परिकल्पनाकार लक्ष्मण थापा , नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नेपाली लेखक संघ कास्कीका  अध्यक्ष सञ्जीव  पौडेल, लघुकथा प्रतिष्ठानका अध्यक्ष अल्पविराम, अमृत क्षेत्री, श्रीराम अधिकारी गोर्जे, असफल गौतम, लाल कार्की अन्जान, रोजिना घिमिरे, विष्णु बास्तोला, गुरुप्रसाद बराल, ध्रुव विपश्वी, सूरज उपाध्याय र दीपक समीपले तत्थानीय रचना वाचन गरेका थिए भनें प्राध्यापक श्रीधर न्यौपानेले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए । 

कार्यक्रममा जरोटुप्पो संरक्षण साहित्य समाजका मदन भण्डारी, साहित्यकार तथा रङ्गकर्मी प्राञ्जल एवं कवि वसन्त चालिसेको समेत उपस्थिति रहेको थियो ।

गजल सन्ध्या पाेखराले हरेक महिनाकाे दाेस्राे शनिबार गजल वाचनकाे नियमित शृङ्खलासँगै तेस्रो शनिबार अक्षरयात्रा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom