Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मन्त्री बन्ने हुटहुटीले गठबन्धन दलहरूलाई भागबण्डामा समस्या - Brighter Khabar


मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा सत्ता साझेदार दलहरू निर्णायक संवाद भनेर जुटेपनि अहिलेसम्म निर्णय आउन सकेको छैन  । 

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच हिजो भएको छलफलमा गठबन्धन दलको बैठक पुनः राखेर निर्णय गर्ने भने पनि ठोस निर्णय आउन नसकेको हो  ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले गठबन्धनका तीन शीर्ष नेताको बैठकले मन्त्रिपरिषद् विस्तारलाई टुङ्गो लगाउने गरी छलफल अगाडि बढाएको जानकारी दिएपनि त्यसो हुन नसकेको हो  । 

नेपाली  कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरूहरूको मन्त्रि बन्ने हुटहुटीले गठबन्धन दलहरुलाई निर्णय लिन अफ्ट्यारोमा पारेको छ  ।

स्रोतका अनुसार  प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेपाली कांग्रेससहित साना दलहरूले बढी मन्त्रालय दाबी गरेका छन् । बैठकमा दस सहभागी भए पनि कांग्रेस एक्लैले ८-९ वटा मन्त्रालय दाबी गरेको छ 

दोस्रोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले तीन चार दिनमै सरकारले पूर्णता पाउने र सरकारको गति तीब्र हुने दाबी गरे पनि त्यसो हुन नसकेको हो 

Top Post Ad

post bottom ads

Ads Bottom