पोखरा, ४ चैत । पोखरा महानगरपालिका वडा नम्बर १४ बाट एक जना सबइन्जिनीयर १५ हजार घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा कार्यरत सबसबइन्जिनीयर प्रविन बिकलाई उक्त घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
जग्गामा छुने गरी बाटो विस्तार गराइदिने प्रलोभनमा सेवाग्राही सँग उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
सो विषयमा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियारबाट टोली खटिएको थियो । सोही टोलीले उक्त घुस रकम लिइसकेको अवस्थामा बि क लाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाइएको खबर प्राप्त भएको छ ।