Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सत्ता गठबन्धनको मन्त्रीको भागबन्डा अझै टुङ्गिएन , प्रधानमन्त्री प्रचण्डको प्रारम्भिक प्रस्ताव यस्तो छ - Brighter Khabar


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारेका छन्  । 

प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर भोलि सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी भए पनि अझै पनि यसमा सहमति भने नभैसैको बताइएको छ  । 

हिजो बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज गठबन्धनको बैठक राख्ने र प्रारम्भिक प्रस्ताव पेस हुने बताएका थिए ।

गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँगको छलफलका आधारमा प्रधानमन्त्री प्रचण्डले काँग्रेसलाई एक राज्यसहित आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यमन्त्रीसहित तीन, एकीकृत समाजवादीलाई एक राज्यमन्त्रीसहित तीन, जसपालाई दुई, जनमत, लोसपा र नागरिक उन्मुक्तिलाई एक–एक र स्वतन्त्र दुई सांसदमध्येबाट एक जनालाई मन्त्री बनाउने प्रस्ताव गरेको बुझिएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom