Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ग्रीसमा भएको रेल दुर्घटनापछि यातायात मन्त्री कारामान्लिसद्वारा राजिनामा - Brighter Khabar


 ग्रीसमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । मंगलबार राति यात्रु सेवा र मालबाहक रेल आपसमा ठोक्किएर भएको दुर्घटना मानवीय त्रुटीका कारण भएको ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताउनु भएको छ ।


दुर्घटनास्थलको स्थलगत निरीक्षणपछि प्रधानमन्त्रीले घटनामा दोषी देखिएकालाई तत्काल कारवाही गरिने प्रतिवद्धता समेत जनाउनु भयो । घटनापछि स्थानीय रेल स्टेसन प्रमुखलाई दुर्घटनामा मृत्यु हुनेको जिम्मेवार ठहर गर्दै कारवाहीको सिफारिस गरिएको छ ।


साथै ग्रीसका यातायात मन्त्री कोस्टबास कारामान्लिसले राजिनामा दिनुभएको छ । अझै पनि खोज तथा उद्दार कार्य जारी छ । ३ सय ५० यात्रु बोकेको यात्रुवाहक रेल लारिसा शहरबाट बाहिरिने क्रममा सुरुङबाट निस्कँदा मालवाहक रेलसँग ठोक्किएर दुर्घटना ग्रस्त भएको हो ।


एउटै लिकमा किन दुई वटा रेललाई विपरित दिशाबाट चल्न निर्देशन दिइयो भन्ने अझै स्पष्ट हुन सकेको छैन । रेल संचालनको सिग्नल दिने स्टेसन मास्टरले आफूले गल्ती गरेको अस्वीकार गर्दै प्राविधिक समस्याका कारण दुर्घटना भएको हुनसक्ने बताएका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom