चैत २, आज बिहीवार देशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी र तराईका एक/दुई ठाउँमा आज हल्का वर्षाको अनुमान गरिएको महाशाखाले जनाएको छ ।
देशका केहि स्थानमा घाम लागिरहेको भएपनि अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएकाे छ । दिउँसोपछि हल्का वर्षाको अनुमान गरिएको छ ।
देशका केहि स्थानमा हावाहुरी र चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको बताइएको छ ।