Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पूर्वी नवलपरासीमा भेटिए ८१ एमएमका मोटर ब'म - Brighter Khabar


नवलपरासी, १३ चैत ।  पूर्वी नवलपरासीको  बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा बम फेला परेको छ ।

बारीमा बेवारिसे अवस्थामा थुप्रै बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । आफ्ना बाबु नानीले जङ्गल नजिकै बारीमा ती बमका गोला देखेका सर्दीका स्थानीयहरूले जानकारी दिएका छन् ।

भेटिएका मध्ये  ८१ एमएम मोटरको बम (गोला) रहेको बुझिएको छ  । 

साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने र खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको खबर प्राप्त भएको छ  ।

प्रहरीका अनुसार  बम कसले र कहिले राखेको भन्नेबारे यकिन भइसकेको छैन  ।

Top Post Ad

post bottom ads

Ads Bottom