Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जिल्ला प्रशासन कार्यलय कास्कीद्वारा जारी महत्वपूर्ण सूचना - Brighter Khabar


पोखरा , फाल्गुन २१ गते ।  जिल्ला प्रशासन कार्यलय कास्कीले होलिको शुभकामना दिँदै जथाभावी रङ्गको प्रयोग नगर्न सुचित गरेको छ । 

सुचना जारी गर्दै कास्कीले पर्व मनाउने नाममा व्यक्तिको इच्छा विपरित जथाभावी रङ्गको प्रयोग नगर्न आग्रह गरेको हो ।

'सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पुऱ्याउने जस्ता अराजक, उच्छुङखल एवम् अवाञ्छित कार्यहरु नगर्न नगराउनु हुन सुचित गरिन्छ ।' सूचनामा भनिएको छ । 

बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अबरोध गर्ने काम नगर्न र नगराउन अनुरोध गर्दै सूचनाको अवज्ञा हुने गरी कुनै क्रियाकलाप भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यलय कास्कीले जनाएको छ । सूचनामा भनिएको छ : 

 'रंगको पर्व होली (फागु पूर्णिमा) को अवसरमा सम्पूर्ण कास्कीबासीमा जिल्ला प्रशासन कार्यालय कास्की हार्दिक शुभकामना व्यक्त गर्दछ । रंगको माध्यमबाट एक अर्कामा खुसी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अबरोध गरी सवारी साधनहरुबाट रकम असुल्ने जस्ता सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पुऱ्याउने जस्ता अराजक, उच्छुङखल एवम् अवाञ्छित कार्यहरु नगर्न नगराउनु हुन सुचित गरिन्छ । साथै यो सूचनाको अवज्ञा हुने गरी कुनै क्रियाकलाप भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।'

Top Post Ad

post bottom ads

Ads Bottom