Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रापकोट पोखरा सम्पर्क समाजको होली सँगै पाँचौँ अधिवेशन सम्पन्न, अधिवक्ता गोविन्द काफ्ले अध्यक्ष - Brighter Khabar 


पोखरा , फाल्गुन २२ गते । स्याङ्जा रापाकोट पोखरा सम्पर्क समाजको  १३ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ ।

समाजले आज होली पर्वको विशेष अवसर पारी होली विशेष , पारिवारिक वनभोज तथा अधिवेशन संस्थाका अध्यक्ष मेघनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न गरेको हो  । 

यो सँगै अधिवक्ता गोविन्द काफ्लेको अध्यक्षतामा  नयाँ कार्यसमिति निर्वाचित भएको  छ । 

त्यस्तै  समाजको उपाध्यक्षमा महेश्वर  रिमाल , कोषाध्यक्षमा सिता चापागाई सचिवमा प्रेम लम्साल र सह-सचिवमा डिल्ली राम काफ्ले निर्वाचित हुनुभएको  छ ।

सदस्यहरूमा लाल कान्त  चापागाई , नेत्र प्रसाद काफ्ले , एक नारायण  काफ्ले , र  कृष्ण प्रसाद चापागाई  चयन भएका छन् । 

समाजका संरक्षक हेमनारायण चापागाईले कार्यक्रममा बोल्दै समाजले रापाकोट बासीको सुख दुखमा हातेमालो गर्दै अगाडी बढ्नुपर्ने  बताउनुभएको थियो  । 

प्रेम लम्सालले संयोजन गरेको उक्त कार्यक्रममा सल्लाहकार डा. भवानी शंकर पौडेल, बिष्णु काफ्ले लगायतले  आफ्ना भनाइ राख्दै संस्थाले रापाकोट बासिलाइ एकताको सुत्रमा बाँधेको बताउनु भयो ।

कोषाध्यक्ष महेश्वर  रिमालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको उक्त  कार्यक्रमको सञ्चालन  गोविन्द काफ्लेले गर्नुभएको थियो । 

 रापाकोट पोखरा सम्पर्क समाजको होलि बिशेष कार्यक्रम -पोटो फिचर ( Photo Features )

Top Post Ad

post bottom ads

Ads Bottom