Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीहरूको मेक्सिकोमा जलेर मृत्यु - Brighter Khabar


मेक्सिकोको आप्रवासी केन्द्रमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । घटनामा २९ जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा अधिकांश मध्य र दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिका जाने प्रयासमा रहेका आप्रवासी रहेको अधिकारीहरूले बताएका छन् ।

आगलागीको शुरुवात निर्वासनको विरोधमा भएको प्रदर्शनका क्रममा भएको बताइएको छ । आगलागी स्थानीय समय अनुसार राति ९ बजे अघि भएको थियो । टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा रहेको यस सहरमा पछिल्ला दिनहरुमा आप्रवासीहरुको ठूलो भीड लाग्दै आएको छ ।

महामारीका समयमा अमेरिकाले आप्रवासीलाई सहजै सीमा पार गर्न दिएकाले त्यसैको आशामा ठूलो संख्यामा आप्रवासी मेक्सिको पुगेको बताइएको छ । 

आप्रवासीहरुले उनीहरुलाई निस्कासन गर्न लागेको भन्ने सूचनाका आधारमा उनीहरुले विरोधका लागि आफूहरुले प्रयोग गर्दै आएको गद्दामा आगो लगाएर विरोध शुरु गरे पछि त्यही आगो फैलिएर त्रासदीपूर्ण घटना समाचारमा उल्लेख छ ।

Top Post Ad

post bottom ads

Ads Bottom