Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तीन वर्षअघि रिलिज स्थगित भएको चलचित्र ‘नीरफूल’ ले तोक्यो आफ्नो प्रदर्शन मिति - Brighter Khabar


पोखरा, ३० फागुन ।  कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको चलचित्र  ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेका प्रयत्नमा आधारित  फूलमान वलले निर्देशन गरेको  उक्त चलचित्रले प्रदर्शन मिति तय गरेको हो ।

रुबिभ्याली र काठमाडौँमा छायाङ्कन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छयोइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले अभिनय गर्नुभएको छ । फिल्मिमा म्यान्मारका तत्कालीन राजदूत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई विशेष भूमिकामा हेर्न सकिन्छ ।

प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहेको उक्त चलचित्रको निर्माताका रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेञ्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत हुनुहुन्छ । 

विसं २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण फिल्महल बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom