सरकारको वार्ता टोली र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको छ ।
गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको र पिडितबीच वार्ता भएको हो । सरकारी टोलीको सदस्यहरूमा उपसचिव दिलबहादुर तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगाबहादुर दंगाल रहनुभएको थियो ।
पीडितका तर्फबाट मनोजकुमार पासवान, श्याम चौधरी, छेदिलाल पासवान, रामरजन यादव र सङ्घर्ष दाहाल सदस्य हुनुहुन्छ ।