Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाग्लुङबाट ६५ बर्षीया वृद्धाको ह'त्या र लुटपाटमा संलग्न एकजना पक्राउ - Brighter Khabar


बाग्लुङ, फाल्गुन २२ । बाग्लुङमा  हत्या र लुटपाटमा संलग्न भएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 
गल्कोट नगरपालिका - ९ बस्ने ६५ बर्षीया बेलाकुमारी गौतमको हत्या सँगै लुटपाटमा संलग्न रहेको आरोपमा  गल्कोट ९ का ३४ बर्षीया इन्द्र बहादुर बिकलाइ पक्राउ गरीएको इलाका  प्रहरी कार्यालय गलकोटले जनाएको छ । फाल्गुन १९ गते बेलुका करिब साढे आठ बजे तिरको समयमा  बिकले वृद्धाको पछाडी बाट हत्या गरेर लुटेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ  ।


प्रहरीका अनुसार  वृद्धाको शव घरबाट करिब ५५ मिटर टाढा भिरमा भेटिएको थियो । 

हत्याको आशंका लागे पछी प्रहरीले बिकलाई पक्राउ गरि अनुसधान थालेको थियो ।  बिकले वृद्धको पछाडिबाट हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । 

बिकलाई ५ दिनको म्याद थप गरि कर्तब्य ज्यान सम्बन्धि  मुद्धामा अनुसन्धान भैरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom