Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गाउँ छाडेर शहर छिर्ने ३ प्रतिशतले बढे - राष्ट्रिय जनगणना २०७८ - Brighter Khabar

 

राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार २०७८ साल मंसिर ९ गतेसम्म नेपाल भित्र बसोवास गर्ने जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात ४८ दशमलव ९८ प्रतिशत र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ अर्थात ५१ दशमलव ०२ प्रतिशत छ ।

जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५ दशमलव ५९ जना रहेको छ । २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ र लैङ्गिक अनुपात ९४ दशमलव १६ थियो ।

प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ ।

जनगणना २०७८ अनुसार देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९ सय ३७ छन् । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८ सय ४१ र संयुक्त परिवार ६ हजार ९६ रहेका छन् । प्रति परिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४ दशमलव ३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो ।

भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रतिपरिवार हिमाली क्षेत्रमा ४ दशमलव ३३ जना, पहाडमा ३ दशमलव ९९ जना र तराई क्षेत्रमा ४ दशमलव ७३ जना सदस्य रहेका छन् ।

परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ । २०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३ सय २ रहेको थियो ।

२०७८ को जनगणना अनुसार नगरपालिकाहरुमा बस्ने जनसंख्या ६६ दशमलव १७ प्रतिशत रहेको छ भने गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३३ दशमलव ८३ प्रतिशत रहेको सार्वजनिक गरिएको जनगणनामा उल्लेख गरिएको छ ।

१० बर्षको अवधिमा गाँउबाट शहर बसाइ सराइ गर्नेको संख्या ३ प्रतिशतले बढेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom