Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा तेर्सापट्टि बस्ने १२ बर्षिय 'कैलाश' सम्पर्क बिहिन, खोजी गरिदिन परिवारको आग्रह - Brighter Khabar


पोखरा , २० फाल्गुन । पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टि बस्ने १२ बर्षिय  बालक परिवार सँग सम्पर्क बिहिन भएका छन् । 

रुपन्देही कोटरी स्थायी ठेगाना भएका कैलाश यादव नाम गरेका बालक  आफ्नो सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ  ।

हिजो देखि परिवारको सम्पर्कमा नाएपछी परिवारले खोजि गरिदिन अनुरोध  गरेको छ  ।  हरियो स्विटर र जिन्स पाइन्ट लगाएका साथै  पातलो शरिर भएका कैलाश सम्पर्कमा नआएपछी उनको परिवारले प्रहरीमा समेत उजुरी दिएको छ । 

कैलाशको स्थायी ठेगाना रुपन्देही कोटरी ४ रहेको र हाल उनको परिवार पोखरा वडा नम्बर ३ तेर्सापट्टि बस्दै आइरहेको छ । 

परिवारले प्रहरीलाई दिइएको हुलिया अनुसार  कैलाश पातलो शरीर र कालो वर्ण सँगै  कालो छोटो कपाल , करिब ४.५ फिट उचाई रहेको बताइएको छ  ।

यस सम्बन्धमा जिल्ला  प्रहरी कार्यालय कास्कीले समेत सूचना जारि गर्दै कतै फेला पार्ने जो कसैले पनि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरेको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom