Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

३३ हजार ८०२ मतभारका साथ पौडेल राष्ट्रपतिमा निर्वाचित , प्रदेशतर्फको ५ मत बदर - Brighter Khabar


 ३३ हजार ८०२ मतभार  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

 बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा भएको निर्वाचनमा संघीय संसदका ३१३ र प्रदेशसभाका ५१८ सांसदले गरेको मतदानमा पौडेल उक्त मतका साथ निर्वाचित भएका हुन्  । 

पौडेलका पक्षमा संघीय सांसदको २१४ मत र  प्रदेश सांसको ३५२ मत खसेको थियो ।

त्यस्तै नेकपा  एमालेका उम्मेदवार नेम्वाङले १५ हजार ८१८ मतभार पाएका छन् । उनको पक्षमा ९८ संघीय सांसद र १६२ प्रदेश सांसदले मतदान गरेका छन् ।

८ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

त्यसैगरी खसेका मतमध्ये  प्रदेशतर्फको ५ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom