Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो - Brighter Khabar


काठमाडौं , १७ फाल्गुन ।  भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मुल्यसुची पठाएको छ । 

आईओसी ले नेपाल आयल निगमलाई आज नयाँ मूल्य सुची पठाएको हो । नयाँ मूल्य सुची अनुसार पेट्रोल र डिजेलको मूल्य घटेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार डिजेलको लागत ५ रुपैयाँ ५ पैसा र  पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको छ भने हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको जनाइएको छ । 


त्यस्तै मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको निगमले जनाएको छ । त्यस्तै निगमका अनुसार   खाना पकाउने ग्याँसको लागत भने  प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आएको जनाइएको छ । 


आईओसी ले नेपाल आयल निगमलाई दिएको सुची अनुसार  नेपाली बजारमा इन्धनको मूल्य घटाउने वा बढाउने निर्णय भने नगरिएको निगमले जनाएको छ  ।

 

Top Post Ad

post bottom ads

Ads Bottom