Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रदेश सरकारको विरोध प्रदर्शनका क्रममा घाइते भई ज्यान गुमाएका लाजेहाङको परिवारलाई ३ लाख सहयोग - Brighter Khabar


चैत १३ गते । कोशी प्रदेश सरकारले विरोध प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालका लागि तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको हो । 

चैत ५ गते विराटनगरको रोडशेष चोकमा निषेधाज्ञा उल्लंघन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ भीड बढ्ने क्रममा प्रहरीले सामानय बल प्रयोग गरेको थियो । 

त्यस क्रममा प्रहरीले लाठी चार्ज नगरे पनि अश्रुग्यास र हवाइफायर गरेर भीडलाई तितरबितर बनाएको थियो ।

सोही घटनामा घाइते भएका लाजेहाङको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो । 

प्रदेश सरकारले लिम्बूको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राहत प्रदान गर्ने निर्णय गरेको हो । 

साथै, मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारले उक्त घटना छानविन गर्न गठन गरेको छानविन समितिलाई सहजीकरण गर्ने निर्णय पनि गरेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom