Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालको अध्यक्षमा डिल्लीराम अर्याल - Brighter Khabar

 


पोखरा, फागुन २८ गते  । 
नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालले आफ्नो  तेह्रौँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न गरेको छ । 

'भाषा सभ्यताको संवाहक हो´ भन्ने मूल मन्त्रका साथ स्थापित संस्था नेपाली भाषा शिक्षक परिषद् कास्कीले  नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्तको प्रमुख आतिथ्यमा कार्यक्रम  सम्पन्न गरेको हो  ।

अधिवेशनले  डिल्लीराम अर्यालको अध्यक्षतामा सोह्र सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । 
त्यस्तै   वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद लम्साल ,उपाध्यक्षमा  विक्रम पौडेल ,महासचिवमा  शिवहरि सुवेदी ,सचिवमा  नारायणप्रसाद पराजुली र कोषाध्यक्षमामा  इन्दिरा सुवेदी लाई निर्वाचित गरेको भाषा शिक्षक परिषद् कास्कीले जनाएको छ ।

त्यसै गरी नव निर्वाचित  सदस्यहरूमा विष्णुप्रसाद पौडेल ,पार्वती खनाल ,पोस्टराज सुवेदी ,हरिप्रसाद शर्मा,प्रेमनारायण ढकाल ,सावित्री पौडेल बराल,सावित्री पहारी, प्रदीप पोख्रेल , भावना लामिछाने र झलक पौडेल रहेको परिषद्ले जनाएको छ । 

प्रमुख अतिथि सरुभक्तले शुभकामना मन्तव्य राख्दै नेपाली भाषाको एकरूपताका लागि भाषा विज्ञहरूका बिचमा गम्भीर छलफल हुनुपर्ने विचार  राख्नुभएको थियो ।

सोही अवसरमा  नेपाली भाषा तथा साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने वरिष्ठ भाषाविद् मुकुन्द शरण उपाध्याय र परिषद्का सल्लाहकार एवम् पूर्व अध्यक्ष डोलराज अर्याल सम्मानित हुनुभएको छ ।

सचिव सूर्यप्रसाद लम्सालले सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्दै भाषाविद् मुकुन्द शरण उपाध्यायले भाषामा वैज्ञानिकताको खोजी गर्नुपर्ने बताउनुभएको थियो । 

परिषद्का अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा सल्लाहकार डाक्टर यामनाथ तिम्सिना ,डा. पुण्यप्रसाद पौडेल ,माधव शरण उपाध्याय ,बोधराज ढकाल ,डोलराज अर्याल,युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ ,गणित शिक्षक परिषद्का अध्यक्ष डिल्लीराम अधिकारी,विज्ञान विषय समाजका अध्यक्ष शान्ताराम लामिछाने ,जिल्ला शाखा पर्वतका अध्यक्ष सन्तोष पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom