काठमाडौँ, रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर भएको छ
शेयर बजारमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर भएको हो ।
पदमा बहाल रहेको अवस्थामा शेयर खरिद/बिक्री गर्दा भित्री कारोबार भएको पुष्टि भएको भन्दै नेपाल धितो पत्र बोर्डले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको बताएको छ ।
केही समय अगाडी नै कारबाही गरिसकेको बोर्डले उनी विरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो र एक वर्षसम्म कैद सजाय हुनुपर्ने माग राख्दै मुद्दा दायर गरेको हो ।