Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पपुवा न्यु गिनी (पीएनजी) माथि नेपालको सानदार जित - Brighter -Sport


फागुन २५ गते । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्यु गिनी (पीएनजी) माथि सानदार जित निकालेको छ । 

 त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले  ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै   आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्यु गिनी (पीएनजी)  पीएनजीलाई ५२ रनले हराउन सफल भनेको हो  । 

जितका लागि दुई सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा सवै विकेटको क्षतिमा दुई सय ४५ रनमा समेटिएको थियो । पीएनजीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाउनुभयो । 

ओपनर टोनी उराले ५० रन बनाउनुभयो । यस्तै कप्तान आसाद भालाले ४२, किपलिन डोरिगाले २६, रिले हेकुरेले २० र चार्लेस अमिनीले १४ रन जोड्नुभयो । 

बलिङमा नेपालका सन्दीप लामिछानेले चार विकेट लिनुभयो । दीपेन्द्र सिंह ऐरीले दुई तथा कुशल मल्लले एक विकेट लिनुभयो । 

जितसँगै नेपालले विश्वकप छनोट सम्भावना कायम राखेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom