Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कार्यालय बाहिर निस्केर सेवाग्राहीसँग घुस माग्न्ने नायब सुब्बा पक्राउ - Brighter


फाल्गुन १९,  महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट अख्तियारको टोलीले घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी) लाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले हिजो  मुद्दा शाखामा कार्यरत नायब सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र मालपोत कार्यालयमा लेखनदासको काम गर्दै आएका लेखापढी व्यवसायी शुभासचन्द्र लालकर्णलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले  नासु रामकृष्णले कार्यालय बाहिर निस्केर सेवाग्राहीसँग मुद्दा फैसलाका लागि रु नौ हजार लिई लेखापढी व्यवसायी सुभासचन्द्रलाई मालपोत कार्यालय अगाडि नै सञ्चालनमा रहेको सुभास भू–सेवा केन्द्र जलेश्वर–२, महोत्तरीमा राख्न दिँदै गरेको अवस्थामा भेटिएको जनाएको छ ।

उनिहरुलाई पक्राउ गरी  आवश्यक कारबाहीका लागि पठाइएको खबर प्राप्त भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom