पोखरा , २३ फाल्गुन ,
जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार फागु पर्व मनाउँदा नियम उल्लङ्घन गरी सवारी चलाउने ३ सय ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
जसमध्ये माधकपदार्थ सेवन गरी सवारी चलाउने २०२ जना चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
होलीका दिन दिउसोका समयमा मात्र जाँच गर्दा पनि मा प से गरेर सवारी हाँक्नेको सङ्ख्या तुलनात्मक रूपमा बढी देखिएको हो ।
प्रहरीका अनुसार मापसे बाहेकका अन्य कारणबाट १५४ सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
त्यस्तै हिजो दिनभरमा कास्की भर साना ठुला गरेर ८ वटा सवारी दुर्घटना भएको खबर प्राप्त भएको छ ।