Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा एउटा गैँडा मृत फेला - Brighter


फाल्गुन २५,   चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । 

निकुञ्जको  शेरी पोष्ट नजिक २० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको हो।

गैंडा   एक आपसमा जुधेर मृत्यु भएको हुन सक्ने निकुञ्जले जनाएको छ । साथै  मृत गैँडाको खाग खुर सुरक्षित रहेको बताइएको छ ।

  गैँडाको वासस्थान परिवर्तन भएर पश्चिम क्षेत्रमा धेरै हुन थालेपछि जुधेर मर्ने सख्या वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।

पश्चिम अमलटाडी, कावासोती लगायतको क्षेत्रमा गैँडाको लागि उपयुक्त वासस्थान छ । नारायणी नदीको भँगालो, घाँसे मैदान, पानीको व्यवस्था, मानवीय चापको कमीलगायतको कारणले गैँडाको वासस्थान पश्चिम हुन थालेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom