२०७९ फागुन २५ गते
काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको उडान नं। ८२१ को जहाजको इन्जिनमा आगो लागेको छ ।
जहाजमा आगो लागेको संकेत आएपछि काठमाडौँबाट उडान भरेको केही समयमै काठमाडौँ फर्किएर सुरक्षित अवतरण गर्न सफल भएको छ ।
उडान भरेको केही समयमै चालक दलका सदस्यले इन्जिनमा आगो लागेको सन्केत गराएका थिए ।
सो संकेत प्राप्त हुनासाथ जहाज फर्काएर सुरक्षित ल्याण्ड गराइएको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलले जनाएको छ ।