Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हेपाटिक इन्सेफालोप्याथी के हो , यसबाट कसरी बच्ने ? - Health Tips


कलेजोमा लाग्ने विभिन्न रोगको कारण मस्तिष्कको काम गर्ने क्षमतामा ह्रास आउनु वा मानसिक रोगको सुरुवात हुनुलाई हेपाटिक इन्सेफालोप्याथी भनिन्छ। पेटमा पाईने ब्याक्टेरिया (गुट फ्लोरा) द्वारा उत्पादित अमोनिया हाम्रो शरीरको लागि विषाक्त हुन्छ।

कलेजोले उक्त अमोनियालाई प्रशोधन गरि यूरिया र ग्लुटामाइनमा परीणत गरेर शरीरबाट बाहिर फाल्न मदत गर्दछ। तर कलेजोमा हुने रोग जस्तै लिभर सिरोसिस् अथवा लिभरमा प्रशोधनको लागि पुग्ने रक्तसञ्चारमा अवरोध भएमा यी विषालु अमोनिया सिधै मूल रक्तसंचारमा प्रवेश गर्छ।

रगतमा बढेको अमोनियाको मात्रा मस्तिष्कमा प्रवेश गरि ग्लूटामाइनमा परीणत हुन्छ। जसको मात्रा बढी भएमा हेपाटिक इन्सेफालोप्याथीका लक्षणहरू देखा पर्छन्।

मुख्य लक्षणहरु
- दिउँसो अत्यधिक निन्द्रा लाग्नु/ राति निन्द्रा नलाग्नु
- असामान्य व्यवहार देखाउनु
- समय र स्थानमा अन्योल हुनु
- बोलि लरबराउनु/ मांसपेशीको असामान्य कम्पन हुनु
- चनाखोपन नदेखिनु तर पिडा महसुस हुनु
- बौद्धिक कार्यमाह्रासआउनु
-आलस्यता वा विरक्त अनुभव गर्नु
-अचेत अवस्थामा पुग्नु

बढावा गर्ने कारणहरु
-पाचन प्रणालीमा रक्तश्राव भएमा
- संक्रमण भएमा
- रक्सी तथा नशालु औषधिको सेवन गरेमा
- कब्जियत भएमा
- शरीरमा पानी तथा आवश्यक खनिज तत्वको मात्रा गडवडी भएमा
- शरीरमा पानीको मात्रा कम गराउने औषधिको सेवन गरेमा

बच्ने उपायहरु
- हेपाटिक इन्सेफालोप्याथी बढावा गर्ने कारणहरुबाट बच्नुपर्छ
- पोषिलो खाना खानुपर्छ
- दिनमा २/३ पटक नरम दिसा हुनुपर्दछ
- डाक्टरको सल्लाह बमोजिम नियमित औषधि सेवन गर्नुपर्छ।

कलेजोको उचित हेरचाह र कलेजोको रोगको सहि समयमा उपचार गर्नु नै हेपाटिक इन्सेफालोप्याथीबाट बच्ने उत्तम उपाय हो।

स्वास्थ्य खबर 

Top Post Ad

post bottom ads

Ads Bottom