पोखरा, १२ चैत । पोखरा महानगरपालिकाले ४८ जना नगर प्रहरी जवान माग गरेको छ । महानगरले खुलातर्फ २७, महिला ४, आदिवासी जनजाति ७, मधेसी ६, दलित ३ र पिछडिएको क्षेत्रअन्तर्गत एक जना गरी ४८ जना प्रहरी जवानको माग गरेको हो ।
महानगरद्वारा जारी सूचनाअनुसार १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका युवाहरूले चैत २७ गतेसम्म दरखास्त दिन पाउने छन् । सुरक्षा सेवाबाट निवृत्तको हकमा भने ३७ सम्मकाले आवेदन दिन पाउनेछन् ।
इच्छुकले पोखरा सभागृह स्थित महानगरपालिकाको दरखास्त सङ्कलन केन्द्रमा दरखास्त फारम सहित आवश्यक कागजातहरू बुझाउनु पर्ने छ ।
महानगरद्वारा जारी सूचना :