Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यस बर्ष जापानमा पनि एसइई परीक्षा केन्द्र, प्रश्नपत्र इमेलमार्फत पठाइने - SEE Exam


राष्ट्रिय परीक्षा  बोर्डले यसवर्ष जापानमा पनि एसइई परीक्षा केन्द्र कायम गरेको छ । 

नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपाली अभिभावकका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । 

जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसइई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो ।

त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । 

जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाइने छ । 

Top Post Ad

post bottom ads

Ads Bottom