Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जानिराख्नुहोस् शनिवार के काम गर्ने के नगर्ने ? के गर्दा कस्तो फल प्राप्त हुन्छ त - Shani Dew



शनि देव कर्मको हिसाबले फल प्रदान गर्ने देवताका रूपमा चिनिन्छन् । खास गरेर  शनिवारलाई शनि देवको उपासना गर्ने दिनका रूपमा बुझिन्छ । यो दिन   शनिदेवको आराधना गरे उनको कृपा प्राप्त भई नकारात्मक प्रभावबाट बच्न सकिने धार्मिक मान्यता छ ।

शनिवार विशेष ध्यान राख्नु जरुरी हुन्छ  । केही कामहरू यस्ता छन् जसलाई शनिवार गर्नका लागि वर्जित गरिएको छ भने केही कामहरूलाई शनिवार गर्न उपयुक्त दिनको रूपमा समेत लिइएको  छ । 

आउनुहोस् चर्चा गरौँ शनिवार के र कस्ता कार्यहरू नगर्ने त ? 

  • शनिवार तेल, काठ, कोइला, नुन, फलाम वा फलामको सामान, कालो मास, सरस्युको तेल, जुत्ता चप्पल  किन्नु लाई राम्रो मानिएको छैन  । तपाईँले यस्ता कुराहरू शनिवारको दिनमा घरमा भित्र्याउनु भयो भने  जीवनमा अवरोधहरू उत्पन्न हुन थाल्छन् । 
  • जीवन कठिन बनाउन सक्ने भन्दै शनिवारको दिनमा  मासु, रक्सी र मादक पदार्थ जस्ता  कुनै पनि प्रकारको वस्तुहरू  उपभोग गर्नु  हुँदैन भनेर भनिएको छ ।
  • शनिदेव न्यायका देवता भएकाले शनिवारको दिन बिर्सिएर पनि  कमजोर व्यक्तिलाई अपमान गर्नु हुँदैन,  गरियो भने  धेरै समस्याहरूको सामना गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै अब चर्चा गरौँ शनिवार केके काम गर्दा फलदायी हुन्छ त ?
  • शनिवार लाई   विभूति, भस्म वा रातो चन्दन धारण गर्न उपयुक्त दिनको रूपमा लिइने गरिन्छ ।
  •  यो दिन  दक्षिण पश्चिम, पश्चिम र दक्षिण दिशामा यात्रा गर्नका लागि उपयुक्त मानिन्छ  ।
  • शनिवार साँझ,पीपलको रूखमा  पानी चढाउने  र तिल वा तोरीको तेलमा दियो बालियो भने शुभ फल प्राप्त हुने मान्यता छ ।
  • यो दिन  काँसको कचौरामा तोरीको तेल लिएर यसमा एउटा सिक्का त्यसमा एउटा सिक्का राखेर त्यसमा  तपाईँको प्रतिबिम्ब हेर्नुहोस् र तेल दान गर्नुहोस् त्यसो गर्दा पनि तपाईँलाई शुभ फल प्राप्त हुने गर्दछ ।
  • यस दिन तेल दान गर्दा पनि तपाईँलाई शुभ फल प्राप्त हुने मान्यता छ ।
  • त्यसै गरी यस दिन  फलामबाट बनेका सामानहरू दान गर्नुलाई पनि  अत्यन्त शुभ मानिएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom