Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा साथीहरू सँग पौडी खेल्न गएका  एक बालकको ज्यान गयो - ब्राइटर खबर - Syangja Update

सांकेतिक तस्विर 

फाल्गुन २७, स्याङ्जा । शनिवार  स्याङ्जाको वालिङ स्थित मानेवगरको रहमा  पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान   गएको छ । 

पौडी खेल्ने क्रममा डुबेका  अन्दाजी १५ वर्षीय  कुशल  भुसालको उपचारको क्रममा वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

वालिङ ८ बस्ने भुसालको पौडिने क्रममा डुबेपछि स्थानीय र प्रहरीको टोलीले उनलाई उद्धार गरी वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएको थियो  । स्वास्थ्य केन्द्र पुर्‍याइएका उनको केही समयमा ज्यान गएको थियो  ।  

तिन जना साथीहरू सँगै खेल्न गएका भुसालको शव पोस्टमार्टमको लागि पठाइएको छ  । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom