Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा अवैध रक्सी बनाउने कच्चा पदार्थ 'मर्चा' बरामद गरेर नष्ट - ब्राइटर खबर - Syangja Update


स्याङ्जा , ३ चैत ।
स्याङ्जामा  अवैध रक्सी बनाउने कच्चा पदार्थ मर्चा बरामद गरेर नष्ट गरिएको छ ।  

पोखरा बाट वालिङ तर्फ जाँदै गरेको ग १ ख ४३०५ नं. को हाईसमा ल्याइएको अन्दाजी ६० किलो बराबरको मर्चा प्रहरीले नियन्त्रणमा लिएको  हो ।

स्याङ्जा  फेदिखोला गाउँपालिका  वडा नं. २ सिद्धार्थ राजमार्ग स्थितमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा उक्त मर्चा फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त  मर्चा  बरामद गरी नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा नष्ट गरिएको हो।

Top Post Ad

post bottom ads

Ads Bottom