Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जा अर्जुनाचौपारीको दरौंखोलामा माछा मार्ने ३ जना पक्राउ - ब्राइटर खबर - Syangja Update


स्याङ्जा,  स्याङ्जा अर्जुनचौपारीको दरौंखोलामा माछा मार्ने ३ जना पक्राउ परेका छन् ।  

पक्राउ पर्नेमा ४१ वर्षीय यो जोङ यु, ३६ वर्षीय गाहु र ४० वर्षीय यु स्या हु  रहेको प्रहरीले जनाएको छ ।

पोखरामा सडक निर्माणको काम गर्ने उनीहरू स्याङ्जा गएको बेला अर्जुनचौपारी गाउँपालिका स्थित दरौंखोलामा माछा मार्न पुगेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार उनीहरू चिनिया नागरिक हुन् ।  उनीहरूलाई जनही ५ हजारका दरले जरिवाना तिराइएको प्रहरीले जनाएको छ । 

उनीहरूमध्ये एक जनाको स्याङ्जा मै ससुराली रहेको बुझिएको छ ।  अवैध ढङ्गले माछा मारिरहेका उनीहरूलाई गस्तीमा गएको  प्रहरीले पक्राउ गरेको थियो  ।

Top Post Ad

post bottom ads

Ads Bottom