Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा मिसावटयुक्त पेट्रोल बेच्ने यो पम्पलाई नगद जरिवाना सहितको कारबाही- ब्राइटर खबर - Syangja Updates



स्याङ्जा, पुतली बजार स्थित पेट्रोलुबले मिसावटयुक्त इन्धन बेचेको प्रमाणित भएपछि उक्त पेट्रोल पम्पलाई  जरिवाना सहितको  कारबाही गरिएको  छ । 

उक्त पेट्रोल पम्पका  सञ्चालक कृष्णप्रसाद शर्मा, जनकराज शर्मा, भगवती शर्मा र सम्झना शर्मालाई जनही एक लाख ८० हजारको दरले  र कर्मचारी सुवास क्षेत्रीलाई  एक लाख रुपैयाँ  जरिवाना गरेको  प्रहरीले जनाएको छ । 

मिसावट भएको भेटिएपछि सो पम्पमा मौजुद रहेको  १ हजार ९ सय १८ लिटर पेट्रोलसमेत नष्ट गरिएको   छ ।

नेपाल आयल निगम गण्डकी  प्रादेशिक कार्यालय पोखराको टोलीले पेट्रोलको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाउँदा उक्त पेट्रोलमा मिसावट भएको भेटिएको थियो  । 

केही समय अगाडी मात्रै  बाड खोला र आसपासका सवारी चालकहरूले उक्त पम्पको पेट्रोल हालेपछि सवारीसाधनमा समस्या देखिन थालेको भन्दै गुनासो टिपाएका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom