Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तनहुँमा भएको सवारी दुर्घटनामा १२ यात्रु घाइते - ब्राइटर खबर - Tanahu Update


 २७ फाल्गुन , तनहुँ ।  शनिवार तनहुँमा सवारी दुर्घटना हुँदा १२ जना यात्रु घाइते छन् । दिउसो करिब ३ बजे तिर तनहुँको बन्दीपुरमा  भएको सवारी दुर्घटनामा १२ जना घाइते भएका हुन् ।

दमौलीबाट डुम्रे जाँदै गरेको बा ०६-००१ ज ००१७ नम्बरको फोर्स गाडी बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित नाहालमा  अनियन्त्रित भई ठोक्किएको प्रहरीले जनाएको छ । 

घाइते मध्ये सवारी चालक नवीन राईको अवस्था सामान्य रहेकाले उनको  तनहुँमै उपचार भइरहेको र  चार जनालाई पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

त्यसै गरी घाइते भएका ७ जनालाई काठमाडौँ पठाइएको खबर प्राप्त भएको छ । 

प्रहरीका अनुसार  घाइते सबैको विवरण आउन बाँकी रहेको र  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको खबर प्राप्त भएको छ  । 

Top Post Ad

post bottom ads

Ads Bottom