Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गोरखामा मिनी ट्रकले पैदल यात्री र मोटरसाइकललाइ लछार्दा १ को मृत्यु ७ घाइते-ब्राइटर खबर - Update


गोरखा , २९ फागुन । गोरखामा भएको मिनी ट्रक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् 

 गोरखा बसपार्कबाट आबुखैरेनी तर्फ जाँदै गरेको गरेको प्र.३–०१–००३ क ६१७० नम्बरको फलफूल बोकेको मिनी ट्रक  गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका-६, बिसौनी मोडमा अनियन्त्रित भई पल्टिँदा   पहिचान नखुलेका  एक व्यक्तिको ज्यान गएको  हो  ।

अनियन्त्रित भएको मिनिट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकल तथा बाटोमा रहेका पैदल यात्री समेतलाई लछारी सडकदेखि करिब २० मिटर तल खसेको खबर प्राप्त भएको छ 

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीला राज लामिछानेका अनुसार दुर्घटनामा परी शहिदलखन गाउँपालिका ७ की ३० वर्षीय रमला राना मगर, सहिद लखन गाउँपालिकाका ५९ वर्षीय लाल बहादुर गुरुङ, गोरखा नगरपालिका १० का ४० बर्षीय सावित्री बि.क, शहिदलखन गाउँपालिकाका ६८ वर्षका नारायण भुजेल, बर्दिया घर भएका २८ वर्षीय मङ्गल चौधरी, दोलखा घर भएका ३२ वर्षीय विष्णु खड्का र वतन नखुलेका बुद्धि बहादुर नेपाली घाइते भएका छन् । ।

गम्भीर  घाइते तीन जनालाई थप उपचारका लागि भरतपुर मेडिकल कलेज पठाइको डिएसपी लामिछानेले बताउनुभयो  । बाँकी सबैको गोरखा अस्पतालमा उपचार भइरहेको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom